• Sunday 4th of October 2026

सुशिल छातिमा कुन पीडा लुकाएर नाचिरहे , नाचिरहे…….?


  • धनकुटा खबर
  • .

कलाकार पर्दामा विभिन्न जीवनहरु बाँच्छ तर कहिले भइदिन्छ कस्तो भने सकेसम्म पर्दैमै सिमित रहोस् भने कामना गरिने कतिपय अवस्था वास्तविक जीवनमा आइपर्छ जहाँ यस्तो अभिनय गर्छ मानौं कि केही भइरहेको छैन्।

हाल हलहरुमा लागिरहेको ‘ऐंचौ पैंचो’ फिल्मका अभिनेता सुशिल सिटौलाले यस्तै भोगे । पर्दामा आफ्नो सजिव अभिनयका लागि डेब्यू फिल्म ‘होस्टल रिटन्स’देखि नै प्रशंसा बटुल्दै आइरहेका छन् ।

‘ऐंचो पैंचो’ फिल्मको सुटिङका बेलामा उनले छातिभरी पीडा हुँदा केही नभएजस्तो गरी काम गरे । जब उनको त्यो पीडाको खुलासा भयो सारा सुटिङ युनिट निशव्द बन्यो र आफ्नो आँशु पनि रोक्म सकेनन्।

फिल्ममा अनिबन्धित हुँदा सुशिलकी पत्नी गर्भवती थिइन् । छिट्टै बाबु बन्न लागेको खुशी आफ्ना युनिटका साथी कलाकारसँग साटिरहन्थे । यस्तैमा उनीहरु सुटिङका लागि मोरङको मधुमल्ला पुगे र आफ्नो काममा व्यस्त भए । यसैबीच सुशिलले आफू बाबु बनेको खबर पाएँ । उनले बाबु बनेको खुशी युनिटलाई चक्लेट खुवाए ।

जन्मेको सन्तान हेर्न काठमाडौं आए अनि एउटा बाबुले गर्नुपर्ने कर्तव्य गरेर उनी पुन छायाँकनका लागि दुई दिनपछि पुनः मधुमल्ला फर्किए। त्यसको ४ दिन पछि जन्तीको सिन खिच्ने दिन थियो । फिल्ममा सो दिनमा मुकुन भुषालको बिहेको सिनमा सुशिलले नाच्दै गाँउदै हिड्नुपर्ने थियो ।

निर्देशकले सट लगाउँदे गइन् उनले सट दिदैं गए । सट ब्रेकमा उनी क्यामराको अगाडि पुग्थे र एउटै कुरा सोध्थे- मैले गरेको भइरहेको छ नी ? उनले परफेक्ट सट दिएको जवाफ पाउँथे।

त्यो दिनको काम सकियो युनिटका एक सदस्यले सुटिङ चलिरहँदा नै प्रोडक्सन म्यानेजरसँग कारण नखुलाई व्यक्तिगत कारणका लागि भन्दै पैसा मागे।

सुशिल कसैलाई काम छ भन्दै कसैलाई केही नभनी काठमाडौं आए । उनी हिँडेपछि मात्र पैसा मागेका ती युनिटका सदस्यले वास्तविक कारण खोलिदिए। कारण सार्वजनिक भएपछि दिनभरी राम्रो काम भएको भन्दै खुशी रहेको युनिट स्तब्ध भए । कारण थियो – सुशिल बाबु बनेको खुशी चुडिएको झण्डै ५ घण्टा बढी भइसकेको थियो ।

यो खबरले निर्देशक लगायतका सहकर्मी कलाकारले आफ्नो आँशु रोक्न सकेनन् ।

सुशिलले आफूले आफ्नो भावनालाई रोक्दा नै राम्रो हुने लागेकाले काम सकेर काठमाडौं आएका बताउँछन् ।

फिल्म हलमा रिलिज भएपछि अहिले सबैभन्दा बढी तारिफ सुशिलले नै पाइरहेका छन् ।

उनले निर्वाह गरेको सीते चरित्र फिल्म हेर्ने जत्तिलाई मनपरेको छ । हेर्ने दर्शकहरुलाई यो पात्र यतिसम्म मनपरेको छ कि हलमा प्रतिक्रिया लिन गाएका उनलाई दर्शकले काँधमा राखेर बोक्ने तथा उचाल्नेसमेत गरेका छन् ।-मेरोफिल्म

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖