• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

भोलि सार्बजनिक बिदा


  • धनकुटा खबर
  • .

काठमाडौ । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा सप्तरीको राजविराज नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

भोलि (सोमबार) राम मन्दिरको प्राण प्रतिष्ठा हुँदै छ । सो अवसरमा राजविराज नगरपालिकाले सार्वजनिक बिदा घोषणा गरेको हो ।

कार्यवाहक नगरप्रमुख इसरत परविनले एक सूचना जारी गर्दै रामको प्राण प्रतिष्ठाको दिन मातहतको सबै निकायमा बिदा रहेको जानकारी गराएका हुन् । सूचनामा सो दिन नगरपालिका भित्र माछा, मासु, मदिरा विक्री वितरण बन्द गर्न पनि अपिल गरेको छ ।

भगवान् रामको प्राण प्रतिष्ठा हुने दिन सनातनी हिन्दु धर्मावलम्बीका लागि विशेष दिन भएकाले पालिका भित्रको घरघर तथा मठमन्दिरमा दीप प्रज्वलन गर्न समेत आग्रह गरेको छ ।

राम मन्दिरको प्राण प्रतिष्ठामा तराई मधेसका धेरै पालिकाहरूले घरघरमा दीप प्रज्वलन गरेर उत्सव मनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖