• Sunday 4th of October 2026

भुटान एयरलाइन्सले काठमाडौं-दिल्ली ८ हजार रुपैयाँमा उडाउने


  • धनकुटा खबर
  • .

काठमाडौं। भुटान एयरलाइन्समार्फत काठमाडौंबाट भारतको नयाँदिल्ली उडान एकतर्फी ८ हजार रुपैयाँमै हुने भएको छ।

भुटान एयरलाइन्सको जनरल सेल्स एजेन्ट (जिएसए) सोसाइटी इन्टरनेसनल ट्राभलका अध्यक्ष रविचन्द्र सिंहले ‘सेप्टेम्बर सेल’ अन्तर्गत १७, २० ,२४ र २७ तारिखमा विशेष छुटसाथ उडान गर्न लागिएको जानकारी दिए।

१७ तारिख (भदौ ३१) गतेबाट भुटान एयरलाइन्सले काठमाडौंमा नियमित उडान गर्ने छ। सोही उडानमा आएको जहाजले दिल्लीमा पनि उडान गर्ने छ। यात्रुलाई सहज गराउने उद्देश्यसाथ दुईतर्फी उडान १६ हजारमा गरिने उनले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖