• Sunday 4th of October 2026

ओली र देउवासँग भेट्दै प्रधानमन्त्री दाहाल, संक्रमणकालिन न्यायसम्बन्धी विद्येयक टुँगो लगाउने तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं, २० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने भएका छन् । अमेरिका उड्नुअघि नै उनले संक्रमणकालिन न्यायसम्बन्धी विद्येयक टुँगो लगाउनेगरि छलफललाई तिव्रता दिएका छन् ।

हिजो (मंगलबार) उनले एमाले अध्यक्ष ओलीसँग सिंहदरबारमा यसबारेमा गम्भीर छलफल गरेका थिए । त्यसको भोलिपल्ट आज पनि उनले ओलीसँग भेट गर्ने भएका हुन् ।

तर, आजको छलफलमा देउवा पनि सहभागी हुने जनाईएको छ। प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जानुअघि नै यो विद्येयक संसद्मा सहमतिका साथ पेश गर्न चाहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖