• Friday 9th of October 2026

एएफसी एसियन कप : लगातार तेस्रो हारसँगै भारत समूह चरणबाटै आउट


  • धनकुटा खबर
  • .

कतारमा भइरहेको एएफसी एसियन कप खेलिरहेको दक्षिण एसियाको एक्लो टिम भारत समूह चरणबाटै बाहिरिएको छ।

आज भएको समूहको तेस्रो खेलमा सिरियासँग १-० गोलले पराजित भएसँगै भारत एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिताको समूह चरणबाटै बाहिरियो।

भारतविरूद्ध जित निकाल्ने क्रममा सिरियाका ओमार ख्रिबिनले निर्णायक गोल गरे। उनले खेलको ७६ मिनेटमा गोल गरेका थिए।
यसअघि भारतले पहिलो खेलमा अस्ट्रेलिया र दोस्रो खेलमा उज्वेकिस्तानसँग हार बेहोरेको थियो।

समूह ‘बी’ को पुछारमा रहेको भारत अंकबिहीन भयो।

यो समूहबाट अस्ट्रेलिया ७ अंक जोडेर विजेता र उज्वेकिस्तान ५ अंक जोडेर उपविजेता बनेर अन्तिम १६ मा पुगे। आजै भएको खेलमा अस्ट्रेलिया र उज्वेकिस्तानले १-१ गोलको बराबरी खेलेर अंक बाँडे।
४ अंक जोडेर तेस्रो भएको सिरियाको पनि उत्कृष्ट तेस्रो टिम बनेर अन्तिम १६ मा पुग्ने सम्भावना बाँकी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖