• Friday 9th of October 2026

आईसीसी यू–१९ विश्वकप : कप्तान देव २३ रन थपेर आउट


  • धनकुटा खबर
  • .

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा पाकिस्तानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले कप्तान देव खनाललाई तेस्रो विकेटको रूपमा गुमाएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलको १७.१ ओभर नेपालले कप्तान देवलाई व्यक्तिगत २३ रनमा गुमाएको हो ।

जारी खेलको १८ ओभर समाप्त हुँदा नेपालले तीन विकेट गुमाएर ८० रन बनाएको छ । हाल क्रिजमा रहेका विपीन रावल र उत्तम मगर क्रमशः ३१ र शून्य रनमा खेलिरहेका छन् । त्यसअघि नेपालले ओपनर अर्जुन कुमाल र आकाश त्रिपाठीलाई समान ६ रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो ।

यसअघि पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग ६४ रनको हार व्यहोर्दा पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖