• Friday 9th of October 2026

म्यानचेस्टर सिटीले भित्र्यायो १८ वर्षीय अर्जेन्टिनी मिडफिल्डर


  • धनकुटा खबर
  • .

इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीले अर्जेन्टिनाका यू–१७ टिमका मिडफिल्डर क्लाउडियो इचेभेरीलाई अर्जेन्टिनी क्लब रिभर प्लेटबाट अनुबन्ध गरेको छ।

सिटीले इचेभेरीका लागि करिब १२.५ मिलियन पाउण्ड तिर्नेछ। उनले सन् २०२८ सम्मका साढे चार वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन्।
रिभर प्लेटका लागि ६ खेल खेलिसकेका १८ वर्षीय खेलाडी सन् २०२४ मा भने अर्जेन्टिनाको क्लबमै रहनेछन्। त्यसपछि मात्र उनी सिटीमा खेल्न आउनेछन्।

सिटीले जनवरी २०२२ मा अर्जेन्टिनाका फरवार्ड जुलियन अल्भारेजका लागि रिभरसँग यस्तै सम्झौता गरेको थियो।

इचेभेरी नोभेम्बरमा भएको यू-१७ विश्वकपमा अर्जेन्टिनाका कप्तान थिए। उनले क्वार्टरफाइनलमा ब्राजिललाई ३-० ले हराउँदा ह्याट्रिक गरेका थिए।
तेस्रो स्थानको प्लेअफमा हार्दा अर्जेन्टिना चौथो स्थानमै सीमित बनेको थियो। उनले यू-१७ विश्वकपमा पाँच गोल गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖