• Friday 9th of October 2026

सन् २०२३ को नम्बर एक खेलाडीको रुपमा कोहलीले जिते सानदार अवार्ड, बनाए रेकर्ड पनि !


  • धनकुटा खबर
  • .

काठमाडौँ – भारतीय क्रिकेटर विराट कोहली आइसीसी एक दिवसीय क्रिकेटर अफ दी इयर घोषित भएका छन्। विश्वकप २०२३ मा शानदार प्रदर्शन गरेका उनलाई आईसीसीले आइसीसी एक दिवसीय क्रिकेटर अफ दी इयर घोषित गरेको हो।

कोहलीले विश्वकपमा मात्रै ११ खेलमा ३ शतक र ६ अर्धशतकसहित कुल ७६५ रन बनाएका थिए। कोहली विश्वकपको सर्वोत्कृष्ट खेलाडी समेत घोषित भएका थिए।

यस अवार्ड जित्ने दौडमा कोहलीका अलावा भारतका शुभमन गिल र फास्ट बलर मोहम्मद शामीका साथै न्युजिल्यान्डका डेरिल मिचेल पनि थिए। तर सबैलाई पछि पर्दै कोहलीले यस अवार्ड जिते।

यसस्नागे कोहलीले यस अवार्ड जित्ने मामलामा नयाँ रेकर्ड पनि बनाएका छन्। कोहली चार पटक जित्ने पहिलो क्रिकेटर पनि बने। यस अगाडी उनले सन् २०१२, २०१७ र २०१८ मा पनि यस अवार्ड जितेका थिए।

त्यस्तै अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले आईसीसीले हरेक वर्ष प्रदान गर्ने सर्वोत्कृष्ट खेलाडीको अवार्ड जिते। आईसीसीले हरेक वर्ष प्रदान गर्ने सर्वाधिक ठूला अवार्ड सर गर्फिल्ड सोबर्स ट्रफी फर द क्रिकेटर अफ द इयर पुरुष २०२३ को अवार्ड कमिन्सले जितेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖