• Sunday 4th of October 2026

थाइल्यान्डलाई हराए नेपाल महिला टी-२० विश्व छनोटमा पुग्ने


  • धनकुटा खबर
  • .

आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले सेमिफाइनलमा थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ।

मलेसियामा जारी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा उपविजेता बनेसँगै समूह ‘बी’ को विजेता थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने पक्का भएको हो।
अर्को सेमिफाइनलमा समूह ‘ए’ को विजेता युएई र समूह ‘बी’ को उपविजेता हङकङबीच खेल हुनेछ।

यो खेलमा जित हात पार्न सके नेपाल महिला टी-२० विश्व छनोटमा पुग्नेछ। प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्ने प्रावधान छ।
प्रतियोगिताको दुवै सेमिफाइनल पर्सि शुक्रबार हुनेछन् भने फाइनल शनिबार लिनेछ।

नेपालले विश्वकप छनोटमा स्थान पक्का गरे १० टिमसँग प्रतिस्पर्धा गर्नेछ।
१० टिम मध्ये २ टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖