• Friday 9th of October 2026

सुपर सिक्समा पुग्ने समीकरण : के नेपालले अफगानिस्तानको चुनौती पार गर्ला ?


  • धनकुटा खबर
  • .

काठमाडाैं । आईसीसी यू-१९ विश्वकप अन्तर्गत समूह डिमा रहेको नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तान हराउनै पर्ने दबाबमा छ । आज अपरान्ह १ बजेर ४५ मिनेटमा दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रीकेट मैदान सुरु हुँदै छ । दुई खेलमा लगातार पराजित अफगानिस्तान र नेपाल दुबैलाई समूह चरणको अन्तिम खेल चुनौतीपूर्ण बनेको छ ।

आजको खेलमा नेपाल अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्समा आफ्नो स्थान सुरक्षीत गर्ने ध्याउन्नमा छ । नेपाल न्युजिल्यान्डसँग ६५ रन पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अफगानिस्तान भने पाकिस्तानसँग १८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो । दुबै टोलि समूह डिमा अंकविहिन छन् । सुपर सिक्समा पुग्न आजको खेलको नतिजा निर्णायक हुनेछ । विजेता टोली सुपर सिक्स र पराजित हुने टोलीले १३ औं देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।

समूह डीमा लगातार दुई जित निकालेको पाकिस्तान र न्युजिल्यान्ड चार चार अङ्क जोड्दै सुपर सिक्समा पुगिसकेका छन् । नेपाल र अफगानिस्तान अङ्कविहीन छ । आजको खेल जुन टिमले जिते पनि अघिल्लो चरण प्रवेश गर्नेछ । दक्षिण अफ्रिकामा सुरु भएको १५ औँ संस्करणको यू–१९ विश्वकपमा नेपालसहित विश्वका १६ राष्ट्र सहभागी छन्। १६ देशलाई चार समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘डी’ मा छ। यो समूहमा पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्।

यस्तै, समूह ‘ए’ मा अमेरिका, बंगलादेश, भारत र आयरल्याण्ड छन् भने समुह ‘बी’ मा स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इंग्ल्याण्ड रहेका छन्। यसैगरी, समूह ‘सी’ मा जिम्बाबे, नामिबिया, अस्ट्रेलिया र श्रीलंका रहेका छन्। समूह चरणमा एक अर्कासँग खेलेपछि हरेक समूहबाट शीर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्ने छन्। अर्को चरणमा पुग्ने १२ देशलाई दुई समूहमा विभाजन गरेर सुपर सिक्सका खेल हुने छन्। सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्ने छ। अन्त्यमा दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन्।

अहिलेसम्म भारतले सर्वाधिक ५ पटक यू–१९ विश्वकपको उपाधि जित्दा अष्ट्रेलियाले तीन पटक जितेको छ। पाकिस्तानले दुई तथा बंगलादेश, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्याण्डले एक(एक पटक उपाधि जितेका छन् । यू–१९ विश्वकपमा नेपालले यसअघि सात पटक सहभागिता जनाइसकेको छ। यसपटक नेपाल आठ वर्षपछि प्रतियोगितामा सहभागी भएको हो । नेपालले गत वर्षको फागुनमा भएको यू-१९ एसिया छनोटमा संयुक्त अरब इमिरेट्स (युएई)लाई फाइनलमा हराउँदै विश्वकपमा स्थान बनाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖