• Friday 9th of October 2026

नेपालले अफगानिस्तान विरुद्ध टस हार्यो,नेपाललाई पहिलो ब्याटिङ गर्ने निम्तो


  • धनकुटा खबर
  • .

यू-१९ विश्वकप समूहको तेस्रो खेलमा नेपालले अफगानिस्तान विरुद्ध टस हारेको छ । अफगानिस्तानका कप्तान नासिर खानले टस जितेर नेपाललाई पहिलो ब्याटिङ गर्ने निम्तो दिएका छन् ।

नेपालले पाकिस्तानविरुद्धको पहिलो खेलबाट टोलीमा दुई परिवर्तन गरेको छ । विकेटकिपर उत्तम राना महर र तिव्र बाटिका बलर दुर्गेश गुप्ता टोलीबाट बाहिर रहेका छन् । मध्यक्रमका ब्याटर दिपक बोहोरा र लेग-स्पिनर तिलक भण्डारी टोलीमा फर्किएका छन् ।

नेपालको प्लेइङ ११:

अर्जुन कुमाल, विपिन रावल (विकेटकिपर), आकाश त्रिपाठी, देव खनाल (कप्तान), दिपक बोहोरा, गुलशन झा, दीपक डुम्रे, दिपेश कँडेल, सुभाष भण्डारी, आकाश चन्द, तिलक भण्डारी

नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । उक्त खेलमा स्नेहिथ रेड्डीको आक्रामक शतकमा न्युजिल्यान्डले प्रस्तुत गरेको ३ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ९ विकेटको क्षतिमा २ सय ३८ रन जोडेको थियो । नेपालका लागि अर्जुन कुमालले ९० रनको इनिङ खेलेका थिए ।

दोस्रो खेलमा भने पाकिस्तान विरुद्ध नेपाल ५ विकेटले पराजित भयो । नेपालले दिएको १९८ रनको लक्ष्य पाकिस्तानले ४८औं ओभरमा पूरा गरेको थियो । नेपालले पाकिस्तानसंगको खेलमा स्पिन विरुद्ध सोचेजस्तो प्रदर्शन गर्न सकेमा । तिव्र गतिका बलर विरुद्ध नेपालले कमजोर प्रदर्शन गर्ने आँकलन गरिएकोमा सो खेलमा पाकिस्तानका स्पिनरहरुले नेपाली ब्याटरलाई समस्या दिएका थिए ।

नेपाल प्रतियोगिताको समूह डी मा रहेको छ । समूहमा नेपालसँगै न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान पनि रहेका छन् ।

समूहको शीर्ष ३ स्थानमा रहने टोलीले सुपर ६ को यात्रा तय गर्नेछन् । त्यसपछि समूह ए का टोलीले समूह डी तथा समूह बी र समूह सी को टोलीले एक अर्कासँग खेल्नेछन् ।

सुपर सिक्सको दुई समूहको शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन् । समूहमा पुछारका टोलीले पनि स्थान निर्धारणका लागि खेल्नेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖