सोलुखुम्बु: सोलुखुम्बुकी खगिमाया राईले ७० वर्षमा नागरिकता प्राप्त गर्नुभएको छ । माप्य दुधकोशी गाउँपालिका ७ की ७० वर्षीया खगिमाया राईले ७० वर्षको उमेरमा आज जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्राप्त गर्नुभएको हो ।
सानै उमेरमा बुवाआमा गुमाउनुका साथै भाई समेत खुम्बु क्षेत्रमा बसोबास गर्ने भएकाले नागरिकताबाट बञ्चित हुनुभएको वडा अध्यक्ष सगुजित राईले जानकारी दिनुभयो ।
आर्थिक अवस्था कमजोरका साथै शाररिक रुपमा समेत अपंगाता रहनुभएकी राईलाई वडा अध्यक्षको पहलमा नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
नागरिकताकै कारण सरकारी सेवा लिन नपाएका नागरिकहरु नागरिकता पाएपछि सरकारी सेवा पाउने अवसर मिलेको भन्दै खुसी भएको साहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालले बताउँनुभयो ।
