• Monday 5th of October 2026

कोशी प्रदेश सरकार विरुद्धको रिटमा आज पनि सुनवाइ


  • धनकुटा खबर
  • .

काठमाडौं । कोशी प्रदेश सरकार विरुद्धको रिटमा सर्वोच्च अदालतको पूर्ण इजलामा आज पनि सुनुवाइ हुँदैछ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतबारे सर्वोच्च अदालतको पूर्ण इजलासमा आज पनि सुनुवाइ हुन लागेको हो ।

यसअघि भदाै १९ गते पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भएपनि समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको थियाे । साे मुद्दामा सर्वाेच्चका न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा साे मुद्दाकाे सुनुवाइ भइरहेकाे छ ।

नेकपा एमाले संसदीय दलका नेता एवं काेशी प्रदेशका निर्वतमान मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दायर गरेको रिटमाथि सोमबारदेखि सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ सुरु भएको थियो ।

प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै एमालेले भदाै ६ गते सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन असर गर्ने निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो । ​

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖