• Monday 5th of October 2026

मेयर बालेन शाह र उपमेयर सुनिता सहित कांग्रेस नेता कार्यकर्ता ग्राण्डी पुगे


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पुगेका छन् ।

डेंगुबाट वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार निधनपछि उनीहरु अस्पताल पुगेका हुन् ।

ग्राण्डी अस्पताल पुगेका मेयर शाह र उपमेयर डंगोल लगायत कांग्रेसका नेता कार्यकर्ताहरू निकै भावुक देखिएका छन् ।

नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनबाट पनि वडाध्यक्ष निर्वाचित भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖