• Monday 5th of October 2026

धरान-६ का वडा अध्यक्ष भट्टराई राप्रपामा प्रवेश


  • धनकुटा खबर
  • .

धरान। धरान उपमहानगरपालिका ६ का निर्वाचित वडा अध्यक्ष भुपेन्द्र भट्टराई राप्रपामा प्रवेश गरेका छन्।

भूगोल केन्द्रित जिम्मेवारीका लागि धरान पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिंदेनले बिहीबार बिहान धरान पानमारामा आयोजित कार्यक्रममा भट्टराईलाई पार्टीको सदस्यता प्रदान गरी स्वागत गरेका छन्।

भट्टराई गत स्थानीय निर्वाचनमा स्वतन्त्र उमेदवार भइ वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

त्यसअवसरमा धरान-६ का अगुवा कार्यकर्तालाई शुभकामनासहित सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीले देशका सबै स्थानीय तहमा केन्द्रीय नेताहरुलाई भूगोल केन्द्रित जिम्मेवारीमा खटाएको र आफूले धरान छनौट गरेको बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖