• Friday 9th of October 2026

अर्जुन आइसिसीको‌ कारबाहीमा


  • धनकुटा खबर
  • .

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले नेपाली‌ यु-१९ का ब्याटर अर्जुन कुमाललाई कारबाही गरेको छ ।

दक्षिण अफ्रिकामा जारी आइसिसी यू-१९ विश्वकपमा बंगलादेशविरुद्धको खेलका दौरान भएको गल्तीका कारण उनीलाई कारबाही गरिएको जनाइएको छ ।

आईसीसीले अर्जुनलाई तीन डेमेरिट प्वाइन्ट दिएको छ । नेपालले ५ विकेटले गुमाएको बंगलादेशविरुद्धको त्यो खेलको इनिङ्सको छैठौं ओभरमा कुमाल दौडेर बंगलादेशका बलर मारुफ मृधालाई विकेटको बीचमा रन पूरा गर्ने क्रममा कुहिनोले हानेपछि घटना भएको हो । आईसीसीको आचार संहिता २.१२ उल्लंघन गरेका कारण उनी कारबाहीमा परेका हुन् ।

सो डेमेरिट प्वाइन्ट आगामी २४ महिनासम्म रेकर्डमा रहनेछ । कुनै खेलाडीले २४ महिनाभित्र ४ डेमेरिट प्वाइन्ट पाएमा २ खेलको प्रतिबन्धको‌ सामना गर्नुपर्ने हुन्छ । यसअघि पाकिस्तानविरुद्धको खेलका दौरान भएको गल्तीका कारण स्पिनर सुवाष भण्डारी पनि कारबाहीमा परेका थिए ।

समूह चरणको अन्तिम खेलमा गत अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल यु १९ को‌‌ सुपर सिक्समा पुगेको थियो । सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेश विरुद्ध ५ विकेटले पराजित भएको थियो । सुपर सिक्सकै दोस्रो र अन्तिम खेलमा आज १:४५ बजे नेपाल र भारत भिड्दै छन् ।

समूह चरणमा नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ‌।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖