• Friday 9th of October 2026

भारतविरुद्ध बलिङमा नेपालको मध्यम सुरुआत


  • धनकुटा खबर
  • .

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्समा भारतविरुद्ध नेपालले बलिङमा मध्यम सुरुआत गरेको छ ।

शुक्रबार दक्षिण अफ्रिकको मनगंग ओभलमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको भारतले पहिलो पावर प्ले (१० ओभर) को समाप्तिमा एक विकेट गुमाएर ४९ रन बनाएको छ । भारतबाट हाल क्रिजमा रहेका अर्सिन कुलकर्णीले १६ र प्रियान्सु मोलियाले ११ रन बनाएका छन् ।

नेपालका लागि एक विकेट गुल्सन झाले लिएका थिए ।जारी युवा विश्वकपमा भारत अपराजित छ । नेपालले एक खेलमा मात्रै जित निकालेको छ । यसअघि सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित भएको थियो ।

समूह चरणको खेलमा भने नेपाल न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो । तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकाल्दै नेपालले सुपर सिक्समा स्थान बनाएको थियो

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖