काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालविरुद्ध भारतका सचिन दासले शतक प्रहार गरेका छन् ।
दासले ९३ बलमा शतक पूरा गरेका हुन् । ६२ रनमा ३ विकेट गुमाएको भारतका लागि दास र कप्तान उदय शहरानले उत्कृष्ट साझेदारी गरेका छन् । उनीहरुले दोहोरो शतकीय साझेदारी गरेका छन् । शहरान ९२ रनमा अविजित छन् ।
भारतले ४७ ओभरमा ३ विकेट गुमाएर २६९ रन बनाएको छ । नेपालका आकाश चन्द र गुल्सन झाले १-१ विकेट लिए ।
