• Monday 5th of October 2026

काठमाडौं महानगरपालिकामा शुक्रबार शोक बिदा


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौं महानगरपालिकाले भदौ २२ गते शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ ।

महानगरको नगर कार्यपालिकाको कार्यालयका विभाग प्रमुख दीपक अधिकारीका अनुसार वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएकाले महानगरपालिका अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय गरिएको हो ।

काठमाडौं क्षेत्र ७ का क्षेत्रीय सभापतिसमेत रहनुभएका रिजाललाई डेंगु सङ्क्रमण भएपछि निमोनिया भएको थियो । उपचारका लागि आइसियू हुँदै दुई दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको निधन भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖