• Friday 9th of October 2026

दक्षिण अफ्रिकाविरुद्ध रविन्द्रले बनाए २४० रन, बन्यो नयाँ रेकर्ड


  • धनकुटा खबर
  • .

काठमाडौं। न्यूजील्याण्डका युवा अलराउन्डर रचिन रविन्द्रले नयाँ कीर्तिमान बनाएका छन्। दक्षिण अफ्रिकाविरुद्धको जारी टेस्टमा २४० रन बनाएका रविन्द्रले न्यूजील्याण्डबाट डेभ्यु शतक बनाउने क्रममा धेरै रन बनाउने कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका छन्।

यस अघि आफ्नो डेभ्यु टेस्ट शतक बनाउने क्रममा १९९९ मा म्याथ्यू सिनक्लेयरले २१४ रन बनाएका थिए। यो कीर्तिमान अब रविन्द्रको नाममा गएको छ।

यस टेस्टमा पहिला ब्याटिंग गरेको न्यूजील्याण्ड ५११ रन बनाउदै अल आउट भएको छ र दक्षिण अफ्रीकाले आफ्नो पहिलो ब्याटिङ शुरु गरेको छ।

यस क्रममा रविन्द्रले केन विलियम्सनसँग तेस्रो विकेटका लागि २३२ रनको साझेदारी गरेका थिए भने डार्यल मिचेलसँग १०३ रनको तथा ग्लेन फिलिपसँग ८२ रनको साझेदारी गरेका थिए।

यस टेस्टमा विलियम्सनले ११८ रनको शतकीय पारी खेलेका थिए। त्यस्तै दक्षिण अफ्रिकाका कप्तान निइल ब्राण्डले सर्बाधिक ६ विकेट लिएका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖