• Monday 5th of October 2026

सन्दीप विरुद्धको मुद्दाः गौशला २६ को जन्मदर्तामा अदालतलाई अझैं आशंका


  • धनकुटा खबर
  • .

काठमाडौं, २१ भदौ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतले गौलसा २६ (परिवर्तित नाम) को जन्मदर्ता पुनः प्रमाणीकरणको आदेश दिएको छ ।

न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासमा सुनुवाइका लागि पेशी तोकिएको उक्त मुद्दामा जन्ममितिको प्रश्न निरुपणका लागि जन्मदर्ता पुनः प्रमाणीकरणको आदेश भएको हो ।

आज पीडित पक्षका अधिवक्ताहरुले वहस गरेका थिए । न्यायाधीश कार्कीले गौशला–२६ को जन्मदर्ता पुनः प्रमाणीकरणको आदेश दिएकी छन् । सन्दीपले नाबालिग गौसला २६ लाई बलात्कार आरोप छ ।

उनी नावालिग रहेको वा नरहेको भन्ने प्रश्नको निरुपणका लागि अदालतले यसभन्दा अगाडि पनि जन्मदार्ता प्रमाणीकरण गराउन आदेश दिएको थियो । यसअघि प्रमाणीकरण भएको भएपनि अदालतले पुनः प्रमाणीकरणको आदेश दिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖