• Sunday 4th of October 2026

थाईल्यान्डलाई हराउँदै इतिहास रच्ने सोचमा नेपाल


  • धनकुटा खबर
  • .

नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो सेमिफाइनल खेलमा शुक्रबार थाईल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ७ : १५ मा सुरु हुनेछ । नेपाल थाईल्यान्डलाई हराउँदै पहिलो पटक ग्लोबल टि२० छनोटमा पुग्न चाहन्छ ।

सन् २०१३ देखी देखी सुरु भएको ग्लोबल छनोटमा नेपालले हालसम्म स्थान बनाउन सकेको छैन । नेपालको विश्वकप यात्रा एसिया छनोटमानै सिमित हुँदै आएकोछ । एसिया क्षेत्र छनोटबाट थाईल्यान्ड र यूएईले ग्लोबल छनोट खेल्दै आएका छन् । नेपाल यस पटक भने थाईल्यान्डलाई हराउँदै इतिहास रच्न चाहन्छ ।

तर २०२० मा विश्वकप खेलेको र पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएको थाईल्यान्डलाई हराउन सहज भने हुनेछैन । नेपालले आफ्नो उत्कृष्ट क्रिकेट खेल्नुपर्ने हुन्छ । नेपालले थाईल्यान्डसँग २०१९ पछि पहिलो पटक खेल्दैछ । २०१९ मा महिला टि२० आई दुबै खेलमा नेपाल पराजित भएको थियो ।

नेपालकी कप्तान रुविना क्षेत्री बेलबासे, सीताराना मगर र इन्दु बर्मा प्रमुख खेलाडी हुन् । यी तीन खेलाडीको उत्कृष्ट प्रदर्शन बिना थाईल्यान्डलाई हराउन मुश्किल पर्ने देखिन्छ । तीव्र गतिकी बलर अश्मिना कर्माचार्य र कविता कुँवरको जोडीबाट नेपाल सानदार प्रदर्शन चाहन्छ । थाईल्यान्डलाई नेपालले जतिसक्यो कम योगफलमा रोक्नु पर्ने हुन्छ ।

हरेक खेलाडीले आफ्नो शतप्रतिशत योगदान दिनुपर्ने हुन्छ । नेपालले आफ्नो भद्रगोल ब्याटिङक्रम भने मिलाउनु पर्ने हुन्छ । कमजोर बललाई बाउन्ड्रीमा परिणत गर्न सक्नुपर्छ ।

नेपालले कम्तिमा पावर प्लेमा आक्रामक सुरुवात दिलाउन आवश्यक देखिन्छ । सीतालाई ओपनरमा काजोल र कविता कुँवर मध्य एकले साथ दिनेछन् । तेस्रो नम्बरमा इन्दु बर्मा हुनेछिन् । इन्दु भने राम्रो लयमा छिन् । उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएकी छिन् ।

चौथो नम्बरमा सम्झना खड्का र पाँचौं नम्बरमा रुविना क्षेत्रीको सम्भावना रहन्छ । त्यसपछि कविता जोशी, अप्सरी बेगम र पुजा महतो हुनेछन् । थाईल्यान्डकी शीर्षक्रमकी ब्याटर नट्थाकन चान्थम प्रमुख ब्याटर हुन् ।

चान्थमको विकेट नेपालको लागि निकै महत्वपूर्ण हुनेछ । उनलाई चाँडै आउट गर्न सके नेपाल खेलमा हाबी हुनसक्छ । अन्यथा नेपालको ग्लोबल छनोट सपना कठिन बन्नसक्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖