• Friday 9th of October 2026

क्यानडाविरुद्ध नेपालको आक्रमक सुरुवात, पहिलो विकेट गुम्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । एक दिवसीय सिरिजको दोस्रो खेलमा क्यानडाविरुद्ध नेपालले आक्रामक सुरुवात गरेको छ । क्यानडाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालले आक्रामक सुरुवात गरेको हो ।

आक्रामक सुरुवात गर्ने क्रममा नेपालले पहिलो ५ ओभरमा एक विकेटको क्षतिमा ५५ रन बनाएको छ । नेपालका ओपनर अनिल शाह १३ बल ४३ रन बनाएर खेलिरहेका छन् । आसिफ शेख १५ बलमा १० रन बनाएर आउट भए । कप्तान रोहित पौडेल शून्य रनम क्रिजमा छन् ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖