• Friday 9th of October 2026

२८६ रनको लक्ष्य पछ्याएको नेपालले बनायो १० ओभरमा २ विकेट गुमाएर ७२ रन


  • धनकुटा खबर
  • .

काठमाडौँ । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिबार क्यानडाले दिएको दुई सय ८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १० ओभरको खेल सकिँदासम्म दुई विकेट गुमाएर ७२ रन बनाएको छ ।

नेपालका लागि कप्तान रोहित पौडेल ६ र चौथो नम्बरका ब्याट्सम्यान देव खनाल ३ रन बनाउँदै क्रिजमा छन् । नेपालले जितका लागि प्रत्येक ओभरमा ५.३५ रन बनाउनु पर्ने हुन्छ । अहिले नेपालको रन रेट ७.२० रहेको छ ।

त्यसअघि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको भ्रमणकारी टोली क्यानडाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ८५ रन बनाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖