• Friday 9th of October 2026

७६ रन बनाउँदै आउट भए देव खनाल


  • धनकुटा खबर
  • .

काठमाडौँ । क्यानडाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टोलीले तेस्रो विकेट गुमाएको छ । नेपालका ब्याट्सम्यान देव खनाल ७६ रन बनाउँदै आउट भएका हुन् । उनले ८१ बलको सामना गरी दुई छक्का र सात चौका पनि हिर्काए ।

उनलाई क्यानडाका बलर हर्ष ठाकेरले आफ्नो बलिङमा आफैले क्याच लिएका थिए । ३३.५ ओभरमा उनी आउट हुँदा नेपालले दुई सय १४ रन बनाएको छ । देव र कप्तान रोहित पौडेलले टोलीका लागि एक सय ५० रनको साझेदारी गरे ।

उनले ५६ बलको सामना गरी दुई छक्का र चार चौकाको मद्दतले आफ्नो अर्धशतक पूरा गरेका थिए । देवले २४ औँ ओभरको अन्तिम बलमा अर्धशतक पूरा गरेका थिए । देव यू-१९ राष्ट्रिय टोलीका कप्तान पनि हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖