• Friday 9th of October 2026

नेपाल आज भुटानसँग भिड्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा आइतबार नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ । प्रतियोगिताकाको दोस्रो खेलमा नेपालले भुटानको सामना गर्नेछ । उक्त प्रतियोगिता शनिबारदेखि मलेसियामा सुरु भएको हो ।

प्रतियोगिताको पहिलो दिन शनिबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले हङ्कङलाई आठ विकेटको फराकिलो अन्तरले हराएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९३ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १४.१ ओभरमै केवल दुई विकेट गुमाएर ९५ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो । नेपालको जितमा कप्तान इन्दु बर्मा र सीता रानामगरले उत्कृष्ट साझेदारी गरेका थिए । इन्दुले ४० रन र सीताले अविजित ३६ रन बनाएका थिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको हङ्कङका लागि कप्तान केरी चानले २१ र मारियम बिबीले १९ रन बनाएका थिए । नेपाली टोलीका बलर पूजा महतो र रुबिना क्षेत्रीले दुई–दुई विकेट लिएका थिए । कविता जोशी र सीता रानामगरले पनि एक–एक विकेट हात पारेका थिए ।

एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो । यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖