• Monday 5th of October 2026

आउँदो आइतबारसम्म यी ४ राशिलाई अत्यन्त शुभ, हरेक काममा भाग्यले दिनेछ साथ !


  • धनकुटा खबर
  • .

यस अवधिमा यी चार राशिका व्यक्तिहरूले धेरै क्षेत्रहरूमा शुभ परिणामहरू पाउने छन्। यस हप्ता ग्रह र नक्षत्रहरूको चाल यी चार राशिका मानिसहरुका लागि अनुकूल छ। जान्नुहोस् यी ४ राशिको बारेमा….

वृष राशि: वृष राशिका मानिसको लागि यो समय निकै राम्रो रहन सक्छ। केही गतिला कामसमेत तपाईंबाट सम्पन्न हुनेछन्। साथी-भाईबाट साथ सहयोगको आशा गर्न सकिनेछ। केहि प्रभावशाली व्यक्तिसँग भेटघाटको मौका मिल्नेछ। हप्ताको अन्त्यमा भने आक्रामक स्वभाव रहन सक्छ। प्रेम सम्बन्धमा सुधार आउनेछ। वैवाहिक जीवन पनि सुखमय रहनेछ।

कन्या राशि: कन्या राशिका मानिसको लागि यो समय शुभ नै भन्नुपर्छ। आय एवम् व्यय सन्तुलनमा रहनेछ। लागेको काम सफलताका साथ पूरा गर्न सक्षम हुनुहुनेछ। कार्यक्षेत्रमा पनि स्थिति अनुकूल नै देखिन्छ। भाग्य वृद्धिको योग रहेको छ। सन्तान सम्बन्धि चिन्ता बढ्न सक्छ। प्रेम सम्बन्धमा केहि समस्या आए पनि छिटै समाधान हुनेछ। दाम्पत्य जीवनमा सुमधुरता छाउनेछ।

वृश्चिक राशि: व्यापार व्यवसायको क्षेत्रमा तपाईंले फड्को मार्न सक्नुहुनेछ। उत्तरार्धमा केहि समय समस्या आएपनि स्थतिमा सुधार आउनेछ। शिक्षाको क्षेत्रमा हाल राम्रो स्थिति छ । कार्यक्षेत्रमा नयाँ अवसरहरु प्राप्त हुने सम्भावना रहेको छ। प्रिय व्यक्तिसँगको भेटले मन प्रशन्न रहनेछ। प्रेम सम्बन्धमा केहि समस्या आउला। आर्थिक स्थिति भने पूरा समय राम्रो नै रहनेछ।

कुम्भ राशि: कार्यक्षेत्रमा विस्तार हुनेछ। आयका स्रोत बढ्नेछ। तर खर्च पनि उत्तिकै मात्रामा रहनेछ। सन्तान पक्षको विषयमा चिन्ता बढ्नेछ। नोकरी क्षेत्रमा तपाईंले विशेष लाभ प्राप्त गर्न सफल हुनुहुनेछ। आफ्नोमात्र नभएर परिवारको स्वास्थ्यले समेत चिन्ता देला । पारिवारिक स्थति निकै सुखमय रहनाले तपाईंको मन प्रशन्न रहनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖