• Friday 9th of October 2026

क्यानडाविरुद्ध नेपालले लियो पाँचौं विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं । क्यानडाविरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपालले पाँचौं विकेट लिएको छ । नेपालका लागि कुशल मल्लले पार्चौ विकेट लिएका हुन् । ३७ औं ओभरको पाचौं बलमा हर्ष ठकेरलाई २७ रनमा आउट गरेका हुन् ।

यसअघि क्यानडाका नभनीत धलिवाल ५०, आरोन जोनसन ४, श्रीमन्था विजयरत्न २२ र निकोलस किर्तोन ३ रन बनाएर आउट भएका थिए ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ३६ ओभर ५ बलमा ५ विकेट गुमाउँदै १३२ रन बनाएर खेलिरहेको छ । कुशल मल्ल २, ललित राजवंशी, आकाश चन्द र हेमन्त धामीले १–१ विकेट लिएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖