• Friday 9th of October 2026

एकदिवसीय क्रिकेट इतिहासमै पहिलो पटक नेपालका २ खेलाडीले एउटै इनिङमा शतक बनाए


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपालको एकदिवसीय इतिहासमै पहिलो पटक नेपालका २ जना ब्याटरले एउटै इनिङमा शतक बनाएका छन् । आज किर्तिपुरमा भएको नेपाल र क्यानडबीचको तेस्रो एकदिवसीयमा नेपालका अनिल साह र भिम सार्कीले शतक बनाएका हुन् ।

यसअघि नेपालका लागि कुनै पनि खेलमा दुई खेलाडीले एउटै इनिङमा शतक बनाएका थिएनन् । आजको शतक दुवै नेपाली ब्याटरको एकदिवसीय करिअरको पहिलो शतक हो ।

यसअघि नेपालका लागि पारस खड्का, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख र कुशल मल्लले एकदिवसीय क्रिकेटमा शतक बनाएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖