• Tuesday 6th of October 2026

‘रामायण’ मा दशरथ बन्दै अमिताभ बच्चन!


  • धनकुटा खबर
  • .

बलिउड फिल्म ‘रामायण’ मा अभिनेता अमिताभ बच्चनको अभिनय हुने भएको छ।

अभिनेता रणवीर कपूरको मुख्य भूमिका हुने फिल्म स्टार कास्टको कारण चर्चामा छ। फिल्ममा अमिताभले राजा दशरथ पात्रको भूमिकामा देखिनेछन्। फिल्ममा रणवीरले राम पात्रको भूमिका गर्दैछन्। रामको बाबु बनेर अमिताभले फिल्ममा भूमिका निर्वाह गर्ने लागेका हुन्।

नितेश तिवारीले निर्देशन गर्ने फिल्ममा हालै अभिनेत्री जान्हवी कपूर अनुबन्धित भएकी छन्। फिल्ममा उनी सीताको भूमिकामा देखिनेछिन्।
फिल्ममा हाल प्रि-प्रोडक्सनको काम भइरहेको छ। फिल्मको छायांकन मार्चदेखि सुरू हुँदैछ। फिल्ममा रणवीरसँगै यश, सनी देओल, बबी देओल लगायत कलाकारको अभिनय रहनेछ।

यो फिल्मको लागि रणवीर ट्रेनिङ लिइरहेका छन्। ‘एनिमल’ पछि रणवीरले विभिन्न फिल्मको अवसर पाइरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖