• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

अनिल शाह र देव खनाल लिग २ को स्क्वाडमा समेटिए, अर्जुन र रिजन बाहिर


  • धनकुटा खबर
  • .

काठमाडौं । घरेलु मैदानमा बिहीबारबाट सुरु हुने आईसीसी विश्वकप एकदिवसीय क्रिकेट लिग–२ अन्तर्गतको पहिलो सिरिज खेल्ने नेपाली टोलीमा अनिलकुमार शाह र देव खनालको इन्ट्री भएको छ ।

यसअघि वैकल्पिक खेलाडीका रुपमा रहेका अनिल र देव दुवै टिममा इन्ट्री गरेका हुन् ।

अनिल र देवको इन्ट्रीसंगै टोलीबाट अर्जुन साउद र रिजन ढकाल बाहिरिएका छन् ।

अनिल र देवले केही दिन घरेलु मैदानमा भएको क्यानडाविरुद्धको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

लिग–२ अन्तर्गतको पहिलो सिरिज टियु क्रीकेट मैदानमा बिहिवारदेखि नेपाल, नेदरल्यान्ड र नामिबियाबीच सुरु हुँदै छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖