• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

ललितले लिए नेपालविरुद्ध लगातार दुई शतक हिर्काएका लिंगेनको विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं,३ फागुन । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको नामिबियालाई दोस्रो झट्का लागेको छ ।

नामिबियाले ललित राजवंशीको बलमा माइकल भान लिंगेनलाई गुमाएको हो । उनी २३ रन जोड्दै आउट भए ।

बायाँ हाते ब्याटर लिंगेनको नेपालविरुद्ध इतिहास राम्रो थियो । २०२२ डिसेम्बरमा विन्डहोकमा १२१ र २०२३ फेब्रुअरीमा टियुमा गरि १३३ रनको लगातार दुई शतक हानेका थिए ।

ताजा अवस्थामा नामिबियाले २ विकेट गमाएर ५४ रन जोडेको छ ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१।५ ओभरमा १३२ रन बनाउँदै अल आउट भयो । नेपालका लागि भीम सार्कीले ४४, गुल्सन झाले २१ र करण केसीले रन बनाए ।

नामिबियाका कप्तान जेरार्ड एरास्मसले ५ विकेट लिएपछि नेपाल घरेलु मैदानमै १३२ रनमा अलआउट भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖