आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नामिबियाले दुवै ओपनर गुमाएको छ।
नेपालका लागि दुवै ओपनरको विकेट ललितनारायण राजवंशीले लिएका छन्।
ओपनिङ ब्याटर निकोलास डेभिनलाई नेपालका ललितनारायण राजवंशीले १५ रनमा कुशल भुर्तेलबाट क्याच गराए। यस्तै दोस्रो विकेटको रुपमा ललितले ओपनर माइकल भानलाई २३ रनमा आउट गरे।
त्यतिबेला नामिबियाले १३.१ ओभरमा २ विकेटको क्षतिमा ५४ रन जोडेको थियो।
