काठमाडौ। प्रहरी परिसर काठमाडाैंका थुनुवा खोर शाखाका इन्चार्ज असई सुवोध सुवेदीले थुनामा रहेका व्यक्तिबाट पैसा लिएर आफन्त भेटाउने गरेको समाचार प्राप्त भएको छ ।
रिपोर्ट नेपाललाई टेकु प्रहरीको एक स्रोतले दिएको जानकारी अनुसार जवान देखि हालसम्म करिब आठ बर्ष खोरमा कार्य गर्दै आएका असई सुवेदीले थुनुवालाई खैनी पुर्याइदिने र खैनीको मूल्य एकसय पचास लिने गरेका छन् ।
केहि दिन अगाडी थुनामुक्त भएका एक व्यक्तिले दिएको जानकारी अनुसार पैसावाला थुनुवाले क्यान्टिनको खाना नखाने र बाहिरबाट मगाइदिदा समेत असई सुवेदीले पैसा लिने गरेको बताउँछन् । थुनुवालाई भेट्न आउने आफन्तले सेन्ट्रीको साइडबाट भेट्न पाइन्छ तर असई सुवेदीलाई पैसा दिने हो भने विशेष तरिकाले भेटाउने गरेको पनि समाचार स्रोत बताउँछ ।
असई सुवेदीले एक हजार देखि पाँच हजार सम्म लिएर विशेष तरिकाबाट भेट गराउन सेन्ट्री बस्ने भन्दा पश्चिमतर्फ रहेको व्यारेकको झ्याल प्रयोग गर्ने गरेका छन ।
यसरी उठाएको पैसा उनले फाँट हेर्ने डिएसपीसम्म पुर्याउने गरेको बताइन्छ । असई सुवेदीले क्यान्टिनबाट समेत पैसा लिने गरेका छन् । क्यान्टिनबाट उनले बाहिरबाट खाना नल्याउने सर्तमा पैसा लिने गरेको समाचार स्रोतको दावी छ ।-रिपोर्टनेपाल
