• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

नेपालकै यो जिल्लामा सरकारी जागिर खाइदिने मान्छे भेटिएन, माग सङ्ख्या २७, परीक्षा दिने १०


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारी जागिर भन्ने बित्तिकै मान्छेहरूको तँछाडमछाड हुन्छ । सीमित सङ्ख्यामा हजारौँ प्रतिस्पर्धाबिच खरो निस्कनु पर्ने हुन्छ । तर बाजुराको एक सरकारी सेवामा भने अचम्म भएको छ ।

शिक्षक सेवा आयोगले सार्वजनिक गरेको प्राथमिक तहको नतिजा अनुसार बाजुरामा सरकारी जागिर खाइदिने मान्छे भेटिएका छैनन् ।

परीक्षा दिने १० मध्ये ९ जना उत्तीर्ण भएका छन् । २७ जनाको माग भए पनि १० जनाले मात्रै आवेदन दिएका थिए । जसमध्ये ९ जना लिखितमा उत्तीर्ण भैइ अन्तरवार्ता लागि छनोट भएका छन् । उनीहरूको जागिर लगभग पक्का भएको छ ।

यस्तै अन्य जिल्लामा पनि प्राथमिक तहमा फितलो प्रतिस्पर्धा देखिएको छ । इलाममा माग सङ्ख्या १ सय ८८ भएपनी २ सय ९ उत्तीर्ण भएका छन् ।

रामेछापमा माग सङ्ख्या १ सय ५७ मा १ सय ८० जना उत्तीर्ण भएका छन् । लमजुङः माग २ सय ५५, उत्तीर्ण ३१०, बर्दियामा माग ३५, उत्तीर्ण ३८, रुकुम पश्चिममा माग २८, उत्तीर्ण २८ यता बाजुरामा भने २७ माग सङ्ख्यामा ९ मात्रै उत्तीर्ण भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖