काठमाडौँ । नेदरल्यान्ड्सविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ । छैटौँ ओभरमा नेपालले दोस्रो विकेट लिन सफल भएको हो ।
म्याक्स ओ डाउड १० रन बनाएर रन आउट भएका हुन् । यसअघि तेस्रो बलमा सोमपाल कामीले शून्य रन बनाएका माइकल लेभिटलाई क्याच आउट गराएका थिए । आजको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको थियो ।
