• Monday 5th of October 2026

डा. बाबुरामका छोरी–ज्वाई बालकोटमा


  • धनकुटा खबर
  • .

काठमाडौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पुत्री तथा नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् ।

आज बिहान बालकोट पुगेर उनले अध्यक्ष ओलीसँग भेट गरेकी हुन् । भेटमा उनका पति जिकेन्द्र श्रेष्ठसमेत सहभागी थिए ।

भेटमा समसामायिक विषयमा कुराकानी भएको मानुषीले बताएकी छन् । ‘पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष आदरणीय के.पी. शर्मा ओलीसँग समसामयिक विषयहरूमा छलफलपश्चात्’, भेटपछि सामाजिक सञ्जालमा फोटो सेयर गर्दै उनले लेखेकी छन् ।

गत आमचुनावमा माओवादी केन्द्रको चुनाव चिन्हमा काठमाडौँ–७ बाट उम्मेदवार बनेकी मानुषी पराजित भएकी थिइन् । माओवादीसँग पार्टी एकता गर्ने सहमतिका साथ समाजवादी पार्टीले देशभर उसैको चिन्ह लिएर चुनाव लडेको थियो । तर, चुनावपछि पार्टी एकता प्रक्रिया रोकिएको छ ।

पछिल्लो समय समाजवादी र माओवादीबीच दूरी बढेको चर्चा चलिरहेका बेला अध्यक्ष भट्टराईका छोरी–ज्वाईं बालकोट पुग्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖