• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेपालले १ विकेटको क्षतिमा कटायो ५० रन


  • धनकुटा खबर
  • .

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टुको आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपाल अहिले ब्याटिङ गरिरहेको छ । नेदरल्यान्ड्सबाट पाएको १३८ रनको लक्ष्य पच्छ्याएको नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको छ । २ दशमलब ५ ओभरमा कुशल २८ रन बनाएर आउट भए । कुशलले नेदरल्यान्ड्सका ४ विकेट लिएका थिए । नेपालले ५ ओभरको समाप्तिमा १ विकेट गुमाएर ५५ रन बनाएको छ ।

टीयू क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले कसिलो बलिङ गर्दै नेदरल्यान्ड्सलाई ३९ ओभरमा अलआउट गर्दै १ सय ३७ रनमा समेटेको थियो । नेदरल्यान्ड्सका भिभिएन किङ्‍मालाई १०औं विकेटका रुपमा ३९औं ओभरमा कुशलले शिकार बनाए । किङ्‍माले नै कुशलको विकेट लिए ।

यसअघि, कुशलले नै ३४ दशमलव २ ओभरमा ३३ रनमा खेलिरहेका नेदरल्यान्ड्सका स्कट इडवार्ड्सलाई आउट गर्दै नेपाललाई नवौं सफलता दिलाएका थिए ।

कुशलले नै नेपालका लागि आठौं विकेटका रुपमा नेदरल्यान्ड्सका आर्यन दत्तलाई पवेलियन पठाए । ३३औं ओभरमा दत्त १० रन बनाएर आउट भए ।

नेपाललाई सातौं सफलता कप्तान रोहित पौडेलले दिलाए । २७ दशमलब २ ओभरमा १ रन बनाएका नेदरल्यान्ड्सका सरिज अहमदलाई पौडेलले आउट गरे ।

नेपालका लागि छैटौं विकेट कुशलले लिए । उनले २६ दशमलब ३ ओभरमा विस्ले ब्यारेसीलाई शून्य रनमा दीपेन्द्र सिंह ऐरीबाट क्याच आउट गराए ।

पाँचौं विकेटका रुपमा नेदरल्यान्ड्सले नोह क्रोजलाई गुमायो । कुशल मल्लको बलमा २५ दशमलब ३ ओभरमा १२ रन बनाएका नोह रनआउट भए ।

नेपाललाई चौथो सफलता ललित राजवंशीले दिलाएका थिए । १९ दशमलब २ ओभरमा ललितले नेदरल्यान्ड्सका बास डे लिडलाई २७ रनमा आउट गराए ।

यस्तै, १६औं ओभरमा ललितले नै नेदरल्यान्ड्सका साइब्रान्ड इङ्गेलब्रेच्टलाई २३ रनमा पवेलिनय पठाए । नेदरल्यान्ड्सले म्याक्स ओ डाउडलाई दोस्रो विकेटका रुपमा गुमाएको थियो । १० रन बनाएका म्याक्स ललितकै बलमा रनआउट भए ।

नेपाललाई पहिलो ओभरमै सफलता मिलेको थियो । पहिलो ओभर बलिङ गर्न आएका सोमपाल कामीले ओभरको तेस्रो बलमै नेदरल्यान्ड्सका ओपनर मिचेल लेभिटलाई शून्य रनमा देव खनालबाट क्याच आउट गराएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖