• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

सिकारीको गोली लागि मृत्यु प्रकरणमा ११ जनालाई पक्राउ गरि अनुसन्धान


  • धनकुटा खबर
  • .

तुलसीपुर, ६ फागुन । दाङमा सिकार खेल्न गएको अबस्थामा बन्दुकको गोलीले लागेर युवकको मृत्यु भएपछि अनुसन्धानकालागि ११ जनालाई पक्राउ गरिएको छ ।

संगै गएका ८ जना र घाँस दाउरा गएर घटनालाई देखेका ३ जनालाई पक्राउ गरि अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजंग थापाले बताए । कसरी मृत्यु, भयो भन्ने कुरा अनुसन्धान पछि थाहा हुने थापाले बताए । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय तुलसीपुर राखेर अनुसन्धान थालिएको छ ।

शुक्रबार दिउसो सिकार खेल्न शान्तिनगर १ स्थित बनमा जाने क्रममा मल्ले छहरे खोलामा बन्दुकले लागेर बबई गाउँपालिका ४ स्थ्ति विमल भन्ने २४ बर्षीय तेजलाल खत्रीको मृत्यु भएको हो ।

उनको साथबाट एउटा बन्दुक र त्यसकालागि चाहिने सामग्रीहरु फेला पारेको प्रहरी निरीक्षक थापाले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖