• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

सुरुवात मै २ झड्का खाएपछि सम्हालिँदै नेपाल ‘ए’, सन्दीपले हिर्काए अर्धशतक


  • धनकुटा खबर
  • .

काठमाडौं, ८ फागुन । एकदिवसीय सिरिजको दोस्रो खेलमा क्यानडा-११ ले दिएको २४१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले खेलमा फर्किन संघर्ष गरिरहेको छ ।

पहिलो बलमै ओपनर मयन यादव र दोस्रो ओभरमा शेर मल्ललाई गुमाएपछि दवावमा परेको नेपाल ए का लागि सन्दीप जोरा र अर्जुन कुमालले मिलेर पाली सम्हालिरहेका छन् । आजको खेलमा कप्तानीसमेत गरेका जोराले अर्धशतक पूरा गरेका छन् ।

नेपालले दुई विकेट तेस्रो ओभरमै १३ रनमा गुमाएको थियो । तर त्यसपछि अर्जुन कुमाल र सन्दीप जोराको उत्कृष्ट साझेदारीमा नेपाल खेलमा फर्किएको हो । ताजा अवस्थामा नेपालले २३ ओभरमा २ विकेट गुमाएर ११३ रन जोडेको छ । नेपालको क्रिजमा रहेका जोरा ६६ र कुमाल ३६ रनमा खेलिरहको छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖