• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

एकदिवसीय खेलमा आसिफको १२औं अर्धशतक


  • धनकुटा खबर
  • .

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेसँगै ब्याटिङ गरिरहेको नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरेका छन्।

उनले ५५ बलमा अर्धशतक प्रहार गर्ने क्रममा ८ चौका र १ छक्का प्रहार गरे। उनले अर्धशतक प्रहार गर्दा नेपालले १७ ओभरमा ९१ रन जोडेको छ।

आसिफको यो १२औं एकदिवसीय अर्धशतक हो। उनले एकदिवसीय खेलमा एक शतक पनि प्रहार गरेका छ्न। जारी सिरिजमा उनले नेदरल्यान्ड्सविरूद्धको अघिल्लो खेलमा पनि अर्धशतक प्रहार गर्ने क्रममा नटआउट ५४ रन जोडे।

यद्यपी खेलमा नेपालले तीन विकेट गुमाइसकेको छ।

नेपालले सातौं ओभरमा दुई विकेट गुमायो। ओपनर कुशल भुर्तेल ६.२ ओभरमा १८ रनमा एलबिडब्लू आउट भए। दुई बलपछि अनिल साह शून्यमा क्याच भए। दुवैको विकेट नामिबियाका बर्नाल्ड स्कोल्जले लिए।

अर्को ‌ओभरमा देव खनाल शून्यमा क्याच भए। नेपालले पहिलो गुमाउदा ३८ रन जोडेको थियो। थप पाँच रन जोड्दा नेपालले थप दुई विकेट गुमायो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖