• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

भुर्तेलले लिए नामिबियाको पाँचौँ विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको बुधबारको खेलमा नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको नामिबियाले पाँचौँ विकेट गुमाएको छ । नामिबियाको पाँचौँ विकेट कुशल भुर्तेलले लिएका हुन् ।

कुशल भुर्तेलले नामिबियाका कप्तानसमेत रहेका चौथो नम्बरका ब्याट्सम्यान जेरहार्ड अर्समसलाई ५२ रनको ब्यक्तिगत स्कोरमा करण केसीद्वारा क्याच गराएका हुन् ।

पेभेलियन फर्किनुअघि जेरहार्डले ५६ बलमा दुई छक्का र आठ चौका प्रहार गरेका थिए । २२ औँ ओभरको अन्तिम बलमा जेरहार्ड आउट हुँदा नामिबियाले एक सय तीन रन बनाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖