• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

साम्बाको गोलमा नेपाललाई अग्रता


  • धनकुटा खबर
  • .

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाको गोलमा साउदी अरबमा जारी वाफ महिला च्याम्पियनसिपमा नेपालले इराकविरुद्ध अग्रता बनाएको छ।

किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा खेलको पहिलो हाफ जारी रहँदा नेपालले २–० को अग्रता बनाएको छ।

खेलको १४ औँ मिनेटमा साम्बाको गोलमा नेपालले सुरुआती अग्रता बनाएको थियो।

१७ औँ मिनेटमा साम्बाको व्यक्तीगत दोस्रो गोलमा नेपालले अग्रता दोब्बर पार्यो। साम्बाले इराककी गोलरक्षकले रिलिज गरेको बल डिफेन्डरबाट खोस्दै गोल गरेकी थिईन्।

त्यसअघि एघारौँ मिनेटमा सावित्रा भण्डारीको फ्रिकीक प्रहार आकाशियो।

सातौँ मिनेटमा सावित्रा भण्डारीको क्रसमा रेखा पौडेलको प्रहार पहिलो बारको नजिकबाट बाहिरिदा नेपालले अग्रता बनाउने सुन्दर मौका गुमायो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖