• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

भोलि शोक विदा


  • धनकुटा खबर
  • .

धनगढी । ऐश्वर्य बहुमुखी क्याम्पसमा भोलि शोक विदा दिइएको छ।

ऐश्वर्य बहुमुखी क्याम्पसका जननी संस्था ऐश्वर्य विद्या निकेतन कक्षा ११ व्यवस्थापन संकायमा अध्ययनरत छात्र रमेश रानाको १७ वर्षको अल्पायुमै असामयिक निधन भएको दुःखद घडीमा क्याम्पसले एक दिने शोक विदा दिइएको क्याम्पस प्रमुख धर्मदेव भट्टले जानकारी दिए ।

साथै, उक्त दिन सम्पूर्ण पठनपाठन बन्द रहने तथा स्वतन्त्र विद्यार्थी युनियनद्वारा राखिएको स्नातकोत्तर तह प्रथम सेमेस्टर तथा स्नातक तह प्रथम वर्षका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम समेत दोस्रो दिन सारिएको छ । सोमबार पूर्वनिर्धारित समयमै आयोजना हुने क्याम्पस प्रमुख भट्टले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖