• Tuesday 6th of October 2026

वीरेन्द्रनगरमा गोली चल्यो, ४ जना पक्राउ


  • धनकुटा खबर
  • .

सुर्खेत ।सुर्खेतमा शनिबार राति गोली चलेको छ। वीरेन्द्रनगर नगरपालिका -१ को गौरीटोलमा राति ९ बजेतिर गोली चलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

वीरेन्द्रनगरकै स्थानीय विनोद गिरीको गाडीलाई लक्षित गरी गोली हानिएको अनुमान प्रहरीले गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मण शाहीका अनुसार विनोद चढ्दै आएको गाडीमा क्षति पुगेको छ।

घटनामा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका उनले बताए। उनीहरूको परिचय प्रहरीले सार्वजनिक गरेको छैन। प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल, गोलीको खोका र १ मोटरसाइकल नियन्त्रणमा लिएको छ।

प्रहरी स्रोतका अनुसार घटनामा भारतीय सुटर पनि संलग्न छन्। दुवै पक्षले गोली चलाएको पनि प्रहरी स्रोतको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖