• Tuesday 6th of October 2026

चार वर्षपछि एलिजा गौतमले पाइन् दोस्रो फिल्म, निश्चल खड्कासँग रोमान्स गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ। निर्देशक समुद्र भट्टले नयाँ चलचित्र बनाउने भएकी छिन् । समुद्रले नायिका एलिजा गौतम र नायक निश्चल खड्कालाई लिएर चलचित्र बनाउन लागेकी हुन् ।

‘द स्काइ ओसन इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण गर्न लागिएको अनटाइटल प्रोजेक्टमा उनले एलिजा र निश्चललाई मुख्य भूमिकामा शनिबार अनुबन्धित गराएकी हुन।

आगामी वैशाख भित्रै छायांकन सुरु गर्ने गरी तयारी गरिएको चलचित्रका बारेमा केही दिनमै सम्पूर्ण जनकारी दिने निर्माण पक्षले जनाएको छ। लभ स्टोरीसँगसँगै क्राइम थ्रिलर रहने चलचित्रमा समुद्रकै कथा रहनेछ ।

चलचित्र ‘अनुराग’ बाट डेब्यु गरेकी एलिजाले थुप्रै म्युजिक भिडियोमा काम गरिसकेकी छन्। चलचित्रमा भने उनको यो दोस्रो चलचित्र हुनेछ ।

निश्चलले भने ‘लण्डन टु पेरिस’बाट रजतपटमा डेब्यु गरेका हुन् । उनको यो चलचित्र प्रदर्शनको तयारीमा छ। त्यसै गरी, निर्देशक समुद्रले निर्देशन गरेको ‘गुन्यो चोलो’ पनि प्रदर्शनकै पर्खाइमा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖