आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले दिएको १७३ रनको लक्ष्य पछ्याउँदै नेदरल्यान्ड्सले ब्याटिङ गरिरहेको छ।
आक्रामक सुरूवात गरेको नेदरल्यान्ड्सको नेपालले नवौं ओभरमा पहिलो विकेट लिएको छ। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नेदरल्यान्ड्सका ओपनर मिचेल लेभिटलाई ३९ रनमा बोल्ड गरे। उनले ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।
यस्तै अर्का ओपनर म्याक्स ओ’डाउद २८ रन जोडेर आउट भएका छन्। उनलाई नेपालका ललित राजवंशीले विकेटकिपर आसिफ शेखबाट स्टमपिन गराए। दोस्रो विकेट जाँदा नेदरल्यान्ड्सले ११.४ ओभरमा ७१ रन जोडेको थियो।
