• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

छोरी जन्मिएपछि आमा र हजुरआमा अस्पतालबाटै भागिन्


  • धनकुटा खबर
  • .

पर्सा । छोरी जन्मिएपछि आमा अस्पतालबाटै भागेकी छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा शनिबार बिहान सीता देवी नाम दर्ता गराएकी महिलाले छोरी जन्माएकी थिएन् ।

शुक्रबार साँझ सुत्केरी व्यथा लागेपछि सासूसँग अस्पताल पुगेकी सीता देवीले जन्म दिएकी शिशु स्वस्थ अवस्थामा रहेको भए पनि आमा र हजुरआमा अस्तालबाट फरार भएका हुन् ।

रानीघाट-६ वीरगञ्जको ठेगाना अस्पतालमा टिपाएका उनीहरुले आफूहरुसँग मोबाइल नभएको जनाएका थिए । छोरी जन्मिएकै कारण आमा र हजुरआमा शिशुलाई छोडेर भागेको हुनसक्ने अस्पताल प्रशासनको भनाइ छ ।

शिशुसँग कोही पनि नभएपछि अस्पतालले प्रहरीलाई खबर गरेको थियो ।

शनिबार बिहान छोरी जन्माएपछि उनीहरु साँझ अस्पतालबाट हराएका थिए । स्वास्थ्यकर्मी र अस्पतालका सुरक्षा गार्डको आँखा छलेर उनीहरु भागेको प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीले शिशुको आमाको खोजी भइरहेको जनाएको छ । तर गलत ठेगाना टिपाएका कारण खोजीमा समस्या भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖