• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

यि रहेछन् फुपूको घरबाट रेकी गरेर फुटबलरको घरमा चोरी गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । फुटबलर मनिष डाँगीको घरमा चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । डाँगी नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य हुन् ।

फागुन ६ मा भएको चोरीमा संलग्न आरोपमा पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका–६ घर भएका अनुप तामाङ, रविन तामाङ र ललितपुरको गोदावरी नगरपालिका–६ घर भएका राजन श्रेष्ठ छन् ।

अनुपको योजनामा फुटबलरको घरमा चोरी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । फुटबलरको घर नजिकै अनुप तामाङको फुपूको घर छ । फुपूको घरमा जाँदा आउँदा अनुपले फुटबलरको घरमा रेकी गरेका हुन् ।

मनिषको परिवारले घर बाहिर जाँदा गमलामा साँचो राखेको अनुपले देख्छन् । फुपूको कुकुर डुलाउन जाँदा र फर्कँदा रेकी गर्ने अनुपले साँचो सधैँ गमलामा राखेको यकिन गरेपछि त्यसबारे रविन तामाङसँग सल्लाह गर्छन् । त्यसपछि दुईजना मिलेर चोरी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

राजन श्रेष्ठले चोरीमा संलग्न आरोपीहरूलाई सेल्टर दिएको अनुसन्धानमा संलग्न डिएसपी चक्र मल्लले बताए । आरोपीहरूले ४५ लाख चोरी गरेको पीडित परिवारले प्रहरीलाई बताएका छन् । चोरीबारे मनिषकी आमा रिता गुरुङ डाँगीले प्रहरीमा जाहेरी दिएकी छन् ।-रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖