काठमाडौं । एसीसी पुरुष प्रिमियर कप क्रिकेटको खेल तालिका सार्वजनिक भएकाे छ ।
एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले एसीसी आइतबार पुरुष प्रिमियर कप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको हाे ।
ओमानमा आगामी अप्रिल १२ देखि अप्रिल २१ सम्म हुने एसीसी प्रिमियर कपमा नेपालसहित १० देश सहभागी हुँदै छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा नेपाल, मलेशिया, हङकङ‚ कतार र साउदी अरेबिया छन् । समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन्।
तालिकाअनुसार नेपालले पहिलो खेल अप्रिल १२ मलेसियासँग खेल्नेछ । नेपालले समूहको आफ्नो दोस्रो खेल अप्रिल १३ मा कतारसँग, तेस्रो खेल अप्रिल १५ मा हङकङसँग र चौथो तथा अन्तिम खेल अप्रिल १७ मा साउदी अरेबियासँग खेल्नेछ ।
दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । सेमिफाइनलमा पराजित हुने टोलीले तेस्रो स्थानका लागि खेल्ने छन् । फाइनल विजेता टोलीले सन् २०२५ मा हुने एसिया कप खेल्न पाउनेछ ।
